अत्तरिया : अत्तरियामा ब्युटीपार्लर तालिम लिएकाहरुलाई व्यवसायिक बन्न आग्रह गरिएको छ ।
आइतबार होटेल नमस्तेमा आयोजित एक औपचारिक कार्यक्रममा ब्युटीपार्लर तालिम लिएका युवतीहरुलाई तालिमपश्चात व्यवसायिक बन्न आग्रह गरिएको हो । सुदूरपश्चिम ब्युटीपार्लर एसोसिएसनकी अध्यक्ष मीना बोहराले तालिममा सहभागी युवतीहरुलाई सीप सिक्नकै लागि मात्र नभई सीप सिकेर व्यवसाय पनि सुरु गर्नुपर्ने बताएकी हुन् ।

त्यस्तै, गोदावरी नगरपालिका ब्युटीसियनकी अध्यक्ष दीपिका कुँवरले पहिले पार्लरवाली भनेर हेलाको नजरले हेरिने यो पेशालाई आहिले आएर सबैले बुझेका हुँदा काम गर्न सहज रहेको बताइन् गोदावरी नगरपालिका–२ अत्तरियामा रहेको उपासना ब्युटीपार्लरमा डिप्लोमा कोर्स गरेकाहरुलाई आज एक औपचारिक कार्यक्रमको आयोजना गरी प्रमाणपत्र विरण गरिएको थियो ।
पार्लरकी सञ्चालक भावना भट्टले आफूले सानो पूँजीबाट ७ वर्ष अगाडि सुरु गरेको पार्लरमा अहिले प्रशिक्षक भएर तालिम दिइरहेको अनुभव सुनाउँदै तालिम लिएकाहरुले पनि आत्मनिर्भर बन्नुपर्नेमा जोड दिइन् ।
तालिमका सबै १८ जना सहभागीलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।