कञ्चनपुर : जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा नयाँ प्रहरी नायब उपरीक्षक (डिएसपी) उमेश जोशी आएका छन् ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश डाँगीको नेपालगञ्ज प्रहरी तालिम केन्द्रमा सरुवा भएपछि जोशी आएका हुन् ।
जोशी (आज) आइतबार प्रहरी कार्यालयमा हाजिर भएका छन् । जोशीलाई प्रहरी उपरीक्षक चक्रराज जोशीले स्वागत गरेका छन् ।
जोशी प्रहरी बृत सातदोबाटो ललितपुरबाट सरुवा भएर आएका हुन् ।