खैरो हेरोईनसहित बैतडीमा एक युवक पक्राउ

बैतडी : बैतडीमा खैरो हेरोईनसहित एक जना पक्राउ परेका छन्।

Dhangadhi_Tihar 2083

दशरथचन्द नगरपालिका–६ थालिगाडाबाट ६० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित दशरथचन्द–४ शाहीलेक बस्ने २४ वर्षीय सन्तोष टमटा आईतवार साँझ पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरी टोलीले उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Loading...