कैलालीमा युवक लागूऔषधसहित पक्राउ

धनगढी : धनगढीका एक युवक लागूऔषधसहित पक्राउ परेका छन्।

Dhangadhi_Tihar 2083

धनगढी उपमहानगरपालिका–१० जनकल्याण चोक नजिकबाट ६०० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित सोही ठाउँ बस्ने २१ वर्षीय बसन्त राना आईतवार राति पक्राउ परेका हुन्।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र अस्थायी प्रहरी पोष्ट जुगेडाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उनको साथबाट खैरो हिरोइन फेला पारी पक्राउ गरेको जनाइएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Loading...