बैतडीका सुर्नया र पुर्चौंडीमा क्षयरोगमुक्त अभियान सञ्चालन

बैतडी : बैतडीका दुई पालिकामा क्षयरोगमुक्त नेपाल अभियान सुरु भएको छ ।

Dhangadhi_Tihar 2083

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले जिल्लाका सुर्नया गाउँपालिका र पुर्चौंडी नगरपालिकामा उक्त अभियान सञ्चालन भएको हो । सुर्नया गाउँपालिकामा अभियान अन्तर्गतका कार्यक्रमहरु सञ्चालनका लागि पालिकास्तरीय संयोजन समिति गठन गरिएको छ ।

आइतबार गाउँपालिकामा एक कार्यक्रमको आयोजना गरेर गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरको संयोजकत्वमा समिति गठन गरिएको हो । उक्त समितिको सहसंयोजकमा गाउँपालिका उपाध्यक्ष मञ्जु बोहरा रहेकी छन् ।

८ ओटै वडाका अध्यक्षहरुलाई सदस्यमा राखिएको छ । पालिकाभरीका दुईओटा स्वास्थ्य संस्थाका प्रमुख, गाउँपालिकाका शिक्षा शाखा प्रमुख, पालिका नजिकको एक विद्यालयका प्रधानाध्यापक र महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई समेत समितिमा राखिएको स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले जानकारी दिए ।

Loading...