डोटी : डोटीको एक घरमा आगलागी भएको छ।
पुर्बी चौकी गाउँपालिका–३ सेरागाउँ स्थित गगन सिंह खड्काको कच्ची घरमा बिजुलीको तार सट भएर सोमवार बिहान आगलागी भएको हो।
आगलागी हुदाँ घरसहित घर भित्र रहेका रहेका खाद्यान्न, लत्ताकपडा,फर्निचर, भाँडावर्तन, मोबाइल २ थान लगायतका सामान गरि अन्दाजी ५ लाख बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
आगलागीबाट मानविय तथा चौपाया क्षती नभएको र उक्त आगलागी स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।