धनगढीमा बिभिन्न मुद्दाका तीन फरार प्रतिवादी पक्राउ

धनगढी : कैलालीको धनगढीमा फरार तीन जना दोषी पक्राउ परेका छन्।

Dhangadhi_Tihar 2083

विदेशी विनिमय अपचलन मुद्दामा दुई लाख एक सय ८७ जरिबाना तोकिएका धनगढी उपमहानगरपालिका–१० का रोहित राना, धनगढी उपमहानगरपालिका–१ का रामबहादुर थापा र ठगी मुद्दामा १० हजार जरिवाना तोकिएका धनगढी उपमहानगरपालिका–६ का बिरेन्द्र सिंह पक्राउ परेका हुन्।

अदालतबाट दोषी ठहर तर फरार रहेका तीनै जनालाई सोमबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी कबिन्द्रसिंह बोहराले बताए।

दोषी ठहर तीनै जनालाई जिल्ला अदालत कैलालीमा उपस्थित गराइएको छ।

Loading...