बैतडी : बैतडीको सुर्नया गाउँपालिका–८ सेलाका धनबहादुर साउदको भारतमा मृत्य भएको छ ।

रोजगारीको सिलसिलामा भारतको राजस्थान जयपुरमा रहेका ४५ वर्षीय साउदको मृत्यु भएको आफन्त रामसिंह साउदले बताए ।
उनी दुई दशक बढी समयदेखि भारतमा थिए । उनको शव नेपाल ल्याउने तयारी भइरहेको आफन्तहरुले बताएका छन् ।