कैलालीकी साहित्यकार विवशको निधन By रेडियाे अत्तरिया On २०८० चैत्र २८, बुधबार १०:२३ धनगढी : साहित्यकार दीपिका विवशको निधन भएको छ । धनगढी उपमहानगरपालिका–१३ राजपुरकी दीपिका भट्ट (फुलारा) को मंगलबार निधन भएको हो । एक महिनादेखि बिरामी रहेकी उनको काठमाडौँमा मङ्गलवार उपचारका क्रममा निधन भएको परिवारका सदस्यले बताएका छन् ।