बैतडीमा बेपत्ता रहेकी महिला मृत फेला

बैतडी : बैतडीमा बेपत्ता रहेकी २० वर्षीया रेखा भट्ट मृत भेटिएकी छन् ।

Dhangadhi_Tihar 2083

पुर्चौडी नगरपालिका–४ भटना ओखडानीकी अन्दाजी २० वर्षीया रेखा बुधवार मृत अवस्थामा पाइएकी हुन् । पारिवारिक स्रोतका अनुसार उनी यही चैत्र २६ गते दिउँसोबाट बेपत्ता थिइन् ।

रेखा सोही वडाको रानीवनमा मृत फेला परेकी उक्त वडाका अध्यक्ष दिलबहादुर धानुकले बताए । उनको गत वर्ष मात्रै विवाह भएको थियो । रेखाका श्रीमान रोजगारीको सिलसिलामा भारतको बेंगलोरमा रहेका बताइएको छ ।

मृत्युको कारण भने खुलेको छैन । प्रहरीले घटनाबारे अनुसन्धान भइहेको जनाएको छ ।

Loading...