कञ्चनपुरमा गोठ र भान्सामा आगलागी

अत्तरिया : कञ्चनपुरका वीरबहादुर रतुकीको गोठ र भान्सामा आगलागी भएको छ ।

जिल्लाको शुक्लाफाँटा नगरपालिका–५ खजुवा बस्ने रतुकीको काठले बनेको कच्ची गोठ र गोठसँगै जोडिएको कच्ची भान्सा कोठामा बुधवार राति आगलागी भएको हो ।

Dhangadhi_Tihar 2083

प्रहरीले अचानक भएको आगलागीबाट गोठका साथै भान्सा कोठामा रहेका अन्नपात लगायतका सामानहरु जली अन्दाजी एक लाख ५० हजार रुपैयाँको धनमाल जलेर नष्ट भएको बताएको छ ।

आगलागीबाट गोठमा रहेको एक भैंसी र एक गाईको बाच्छी जलेर मरेका बताइएको छ । आगलागी प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

Loading...