कञ्चनपुरमा चोरी मुद्धामा फरार रहेका एक जना पक्राउ

कञ्चनपुर : चोरी मुद्धामा १५ वर्ष फरार रहेका कञ्चनपुरका एक जना पक्राउ परेका छन्।

Dhangadhi_Tihar 2083

भीमदत्त नगरपालिका–६ ऐठपुरका ३० वर्षीय महेश चौधरी पक्राउ परेका हुन्। वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले चौधरीलाई पक्राउ गरेको हो।

जिल्ला अदालत कञ्चनपुरको मिति २०६५ माघ २१ गतेको फैसलाले चोरी मुद्धामा १४ दिन कैद सजाय र ४१ हजार ७५ जरिवाना ठहर भई फरार रहेका चौधरीलाई बिहीवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी निरीक्षक पुस्करराज पन्तले बताए।

Loading...