कैलालीको लम्कीचुहामा आगलागी

धनगढी : कैलालीको लम्कीचुहामा आगलागी हुँदा चार लाखको क्षति भएको छ।

Dhangadhi_Tihar 2083

लम्कीचुहा नगरपालिका ३ व्यवस्थितनगर बस्ने केशरबहादुर बि.कको गोठमा बिहीबार आगलागी भएको हो।

आगलागी हुँदा गोठका साथै गोठमा रहेका धान भएको भकारी, काठपात, गोरुगाडा, पराल, साईकल लगायतका सामान गरि ४ लाख बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

आगलागीबाट मानविय तथा चौपाया क्षती नभएको बताइएको छ। उक्त आगलागी प्रहरी,स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Loading...