सार्वजनिक स्थानमा धुम्रपान गर्ने १० जनालाई कारबाही

बैतडी : बैतडीमा सार्वजनिक स्थानमा धुम्रपान गर्ने १० जनालाई कारबाही गरिएको छ ।

Dhangadhi_Tihar 2083

फागुन ११ देखि चैत्र २९ गतेसम्ममा सार्वजनिक स्थानमा धुम्रपान गर्ने १० जनालाई कारबाही गरिएको हो । कारबाहीमा परेकाहरुबाट जनही एक सय रुपैयाँ जरिबाना समेत असुल गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

गत माघमा प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा लगायतका सरोकारवाला निकायको बैठकले जिल्लाका सार्वजनिक स्थानमा धुम्रपान निषेधका लागि निर्णय गरेको थियो ।

माघ २६ बाट प्रचारप्रसार अभियान थालेको प्रहरीले फागुन ११ गतेबाट अनुगमन गरेर कारबाही थालेको हो । प्रहरीले सार्वजनिक स्थानमा धुम्रपान गरेको देखे प्रचलित कानुनबमोजिम कारबाही गरिरहेको छ ।

Loading...