सुदूरपश्चिममा बिसु पर्व सिस्नु खेलेर मनाईंदै

अत्तरिया : सुदूरपश्चिम प्रदेशमा आज ‘बिसु’ पर्व धुमधामका साथ मनाइँदैछ ।

Dhangadhi_Tihar 2083

नयाँ वर्षको पहिलो दिनलाई धुमधामका साथ बिसु पर्वका रूपमा मनाउने चलन छ । बिसु पर्वको अवसरमा मीठा–मीठा खानाका परिकार बनाउने र विशेष गरेर सिस्नु लगाउने चलन छ ।

यसका साथै देवर भाउजु, नन्द भाउजु र साली भिनाजुले एकआपसमा सिस्नुपानी छ्यापेर यो पर्व मनाइन्छ । देवर नहुने र नन्द नहुने भाउजु, भाउजु नहुने देवर, भिनाजु नहुने साली र साली नहुने भिनाजुले बिसु तिहारको दिनमा आफैँले भए पनि शरीरमा सिस्नो लगाउने परम्परा छ ।

रोजगार तथा पढाइका लागि घर बाहिर गएकाहरू बिसु पर्व मनाउन घर आउने गर्छन् ।

Loading...