बाजुरा : बाजुरामा जिप दुर्घटना हुँदा एक जना घाइते भएका छन ।
शनिबार दिउँसो खप्तड छेडेदह गाउँपालिका क्षेत्रमा जिप दुर्घटना हुँदा एक जना सामान्य घाइते भएका हुन ।
खप्तड छेडेदहको साफेबगरबाट काडातर्फ गैरहेको सुपप्र ००१ ज ००११ नम्बरको जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
जिप सडकबाट अनियंत्रित भएर १० मिटर तल खसेको बताइएको छ।