बडिकेदारको एक घरमा आगलागी

डोटी : डोटीको एक घरमा आगलागी भएको छ।

जिल्लाको बडिकेदार गाँउपालिका–२ कोटकेनीका टेकबहादुर मगरको खरले छाएको भान्सा घरमा आगलागी भएको हो।

चुलोमा बालेको आगोबाट शनिबार बिहान आगलागी हुँदा भान्सा घर र भित्र रहेका भाँडा, अन्न गरि करिब ५० हजार बराबरको धनमाल जलेर नष्ट भएको हो।

आगलागी स्थानीयको सहयोगमा नियन्त्रणमा ल्याउने काम भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

Loading...