बैतडी : बैतडीका एक युवकको भारतमा मृत्यु भएको छ ।
जिल्लाको मेलौली नगरपालिका–७ काँणा घर भएका ३० वर्षका भरत भट्टको भारतको मुम्बईमा मृत्यु भएको हो ।

केही दिन पहिले सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको उपचारको क्रममा शनिवार मृत्यु भएको मेलौली–७ का वडाध्यक्ष रामचन्द्र भट्टले बताए ।
पारिवारिक स्रोतका अनुसार कामबाट कोठा फर्कने क्रममा सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका उनको नासिक मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।
उनी श्रीमतीसँगै मुम्बईमा बस्दै आएका थिए । उनकी एक छोरी छिन् ।