कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

धनगढी : कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

Dhangadhi_Tihar 2083

कैलालीको बिभिन्न स्थान धनगढी–२ ट्राफिक चौराह नजिकबाट र गोदावरी–१ मनेहराबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका सामान बरामद गरिएको हो।

उक्त स्थानबाट अन्दाजी ९१ हजार ४४० मूल्यको प्याज, सुर्ती, साडी, लेडिज सुट लगायतका सामान आईतवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको हो।

यसैगरी कञ्चनपुरको बेलौरी–८ कलकत्ताबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका १९ हजार ६ सय मूल्यको आलु, सिद्रा माछा, साईकल लगायतका सामान आईतवार प्रहरी चौकी पचुईबाट खटिएको टोलीले फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

Loading...