अछाम : अछाममा आगलागीमा परी दुई बालबालिकाको मृत्यु भएको छ।

जिल्लाको मेल्लेख गाउँपालिका–६ षोडशामा घरमा आगलागी हुँदा २ जना बालबालिकाको मृत्यु भएको हो। मृत्यु हुनेमा दीपक बोहराको छोरी ८ वर्षीया भावना बोहरा र रमेश बोहराको छोरा ६ वर्षीय गोपाल बोहरा रहेको जिल्ला पूहरी कार्यालय अछामले जनाएको छ।
घरमा कोही नभएको बेला आज (सोमवार) बिहान खरले छाएको कच्ची छानामा अचानक सल्केको आगोमा परि ती बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।