कञ्चनपुरबाट समान बरामद

अत्तरिया : कञ्चनपुरबाट प्रहरीले एक लाख बढीको अवैध समान बरामद गरेको छ ।

Dhangadhi_Tihar 2083

इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले भीमदत्त नगरपालिका – ११ चौकीसत्ताबाट १ लाख ६ हजार २ सय बराबरका ब्लाउजका कपडा, पोलिथिन, तेल, चरीको बिउ, चप्पल, मोटरसाइकलको ब्रेक सु, हेडलाईट, जिजर र कोराजिन किटनासक औषधी, लगायतका सामानहरु बरामद गरेको हो ।

उक्त सामान बेवारिसे अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । बरामद गरिएका सामान आवश्यक कारवाहीको लागि सोमबार भन्सार कार्यालय गड्डाचौकी पठाईएको प्रहरीको भनाइ छ ।

Loading...