बझाङको खप्तडछान्नामा एक जना मृत फेला

बझाङ : बझाङमा एक जना घरको ग्यालरीमा मृत फेला परेका छन्।

खप्तडछान्ना गाउँपालिका–६ पुजारीगाँउ बस्ने ५५ वर्षीय जगतबहादुर खड्का सोही ठाँउ स्थित आफ्नै भतिजा नाता पर्ने गोरखबहादुर खड्काको घरको ग्यालरीमा सोमवार दिउँसो मृत अबस्थामा फेला परेका हुन्।

घटनाबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...