अत्तरिया : आज चैते दशैं पर्व मनाइँदै छ । आज बैतडीको निङ्गलाशैनी भगवती मन्दिरमा मेला लाग्दै छ ।

चैतेदशैंको अवसर पारेर निङ्गलाशैनी भगवती मन्दिरमा हरेक वर्ष मेला लाग्ने गरेको छ । चैत शुक्ल प्रतिपदाका दिनदेखि नित्य पूजाआजा भइरहेको निङ्गलाशैनी भगवती मन्दिरमा आज भव्य मेला जात्रा लाग्ने निङ्गलाशैनी भगवती मन्दिरका पुजारी देवदत्त भट्टले जानकारी दिए ।
चैते नवरात्रीको अवसरमा मन्दिरमा घटस्थापनादेखि नै पूजाआजा शुरु हुने र चैत्राष्टमीका दिन बलि दिने चलन रही आएको उनले बताए ।