सुदूरपश्चिमको मुख्यमन्त्रीमा समाजवादीका सोडारीद्धारा दावी पेस

अत्तरिया : एकीकृत समाजवादीका दीर्घबहादुर सोडारीले मुख्यमन्त्रीमा दावी पेश गरेका छन ।

बिहिबार प्रदेश प्रमुख नजीर मियाँ समक्ष सोडारीले मुख्यमन्त्रीमा दावी पेस गरेका हुन । उनले नेकपा एमाले, नकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षको समर्थनमा दाबी पेस गरेको जनाइएको छ ।

यसअघि एमालेले सोडारीलाई मुख्यमन्त्रीमा स्वीकार नगर्ने बताएपछि बुधबार नै सोडारीले गर्ने भनेको दावी पेस रोकिएको थियो । यद्दपी नाउपामा विवाद कार्यमै रहेकाले सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने विषयमा भने संसय कायमै छ ।

नाउपाका ७ सांसद मध्ये कांग्रेस सँग लक्ष्मणकिशोर चौधरी सहित ५ जना छन् भने कैलाश चौधरी सहित २ जना एमाले, माओवादी सहितको गठबन्धन नजिक छन् ।

सोडारीले एमालेका १०, माओवादीका १०, एकीकृत समाजवादीका ४, नाउपाका २ र स्वतन्त्र सांसद गरी २७ सांसदको समर्थन पाएको दावी गरेका छन ।

Loading...