विपिनको रिहाइका लागि परिवारले भेटे प्रधानमन्त्री

कञ्चनपुर : हमासको कब्जामा रहेका भनिएका विपिन जोशीको परिवारले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन् ।

Dhangadhi_Tihar 2083

कञ्चनपुरका विपिनका बुबाआमासहित परिवारका सदस्यले आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटेका हुन् ।

भेटमा जोशीको परिवारले उनको रिहाइका लागि थप प्रयास गरिदिन अनुरोध गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री दाहालले आफू विपिनको रिहाइका लागि चिन्तित रहेको र निरन्तर पहल गरिरहेको बताएका छन् ।

Loading...