कञ्चनपुरमा स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा दुई जना घाइते

अत्तरिया : कञ्चनपुरमा स्कुटर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । शुक्रवार दिउँसो जिल्लाको भीमदत्त नगरपालिका–२ भाँसी ब्यारेल नजिक सुपप्र ०२००४ प १९२६ नम्बरको स्कुटर दुर्घटना भएको हो ।

Dhangadhi_Tihar 2083

दुर्घटनामा स्कुटर चालक भीमदत्त–३ बस्ने अन्दाजी २८ वर्षीया निलम अवस्थी र पछाडि सवार वेदकोट नगरपालिका–८ का २२ वर्षीय अकबर चौधरी घाइते भएका प्रहरीले बताएको छ ।

उनीहरु दुबै जनाको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले बताए । उनले स्कुटर अनियन्त्रित भएर दुर्घटना भएको बताए ।

Loading...