कैलालीमा एक जना आगो निभाउँन खोज्दा जलेर घाइते

धनगढी : कैलालीमा एक जना आगो निभाउँन खोज्दा जलेर घाइते भएका छन्।

Dhangadhi_Tihar 2083

जिल्लाको गौरीगंगा नगरपालिका–३ भोजपुरका ६२ वर्षीय विरबहादुर शाहु जलेर घाइते भएका छन्।

गहुँकाटेको आफ्नो बारीको नलमा आगो लगाउँदा हावाले अर्काको गहुबालीमा आगो सल्केपछि निभाउँन खोज्दा शाहु जलेर घाइते भएका हुन्। उनका दुबै हात, खुट्टा र शरीर जलेको छ।

घाइते शाहुको स्थानीय चौमाला मेडिकलमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

Loading...