कञ्चनपुरबाट ८ जना जुवाडे पक्राउ

अत्तरिया : कञ्चनपुरबाट प्रहरीले ८ जना जुवाडेलाई पक्राउ गरेको छ।

Dhangadhi_Tihar 2083

जिल्लाको बेलौरी नगरपालिका–६ हात्तीबोझाका ४६ वर्षीय मण्डी बडायकले सञ्चालन गरेको नास्ता पसलबाट उनीसहित ८ जना पक्राउ परेका हुन्।

कोठाभित्र जुवातास खेलिरहेको अबस्थामा सञ्चालकसहित ८ जना जुवाडेलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलीले सो नास्ता पसलबाट ११ हजार ५१० रुपैयाँ नगद र ६ गड्डी ताससहित ८ जनालाई नियन्त्रणमा लिएको छ।

Loading...