अत्तरिया : कैलालीको अत्तरियामा भेट्रान कप क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । गोदावरी नगरपालिकाको मुख्य प्रर्वद्धनमा प्ले फर अत्तरिया (पिएफए) स्पोट्र्स क्लवले पाचौँ संस्करणको ‘पीएफए भेट्रान कप २०८१’ क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको हो ।
जेठ २ गतेदेखी सञ्चालन हुने प्रतियोगीताको बारेमा आईतबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिईएको छ । प्रतियोगीतामा सुदूरपश्चिम प्रदेशभरीका कुल ८ वटा टिमको सहभागीता रहने क्लबका महासचिव सिद्ध बोहराले जानकारी दिए । उनले दिग्गजहरुको दैनिक जिवनलाई सशक्त बनाउन प्रतियोगीता आयोजना गरिएको बताए ।
उनले प्रतियोगीताले दिग्गजहरुलाई स्वस्थ बनाउन पनि मद्दत गर्ने बताए । प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रु. १ लाख ११ हजार १११ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने द्धितिय हुने टिमलाई नगद रु. ५५ हजार ५५५ रुपैया सहित ट्रफि, मडल र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक रजत शाहीले जानकारी दिए ।
प्रतियोगीतामा सर्वाेत्कृष्ट खेलाडीलाई नगद रु. १० हजार, उत्कृष्ट ब्याट्सम्यान तथा बलरलाई समान रु. ५/५ हजार र प्रत्येक म्याचको म्यान अफ द म्याचलाई उत्कृष्ट पुरस्कारको व्यवस्था गरिएको खेल संयोजक शाहीले बताए । प्रतियोगीता सञ्चालनका लागि करिब १२ लाख ९९ हजार ६६६ रुपैया खर्च लाग्ने अनुमान गरिएको छ ।
