वैशाख १५ गते बझाङमा हुन लागेको उपनिर्वाचनमा ६५१ कर्मचारी खटाइने

बझाङ : वैशाख १५ गते बझाङमा हुन लागेको उपनिर्वाचनमा आवश्यक कर्मचारी खटाउने तयारी भइरहेको छ।

Dhangadhi_Tihar 2083

निर्वाचन आयोगले उपनिर्वाचनमा खटिने कर्मचारीको नियुक्ति प्रक्रिया अघि बढाउन निर्वाचन अधिकृतको कार्यालयहरूलाई निर्देशन दिइसकेको छ। आयोगका अनुसार प्रत्येक मतदान केन्द्रमा सात जना कर्मचारी रहने गरी कर्मचारीको प्रबन्ध मिलाइनेछ।

उपनिर्वाचनका लागि बझाङमा ९३ वटा मतदान केन्द्र तोकिएका छन्। मतदान केन्द्र अनुसार बझाङमा ६५१ जनशक्ति परिचालन गरिने आयोगले जनाएको छ।

प्रत्येक केन्द्रमा एक–एक जना मतदान अधिकृत र सहायक मतदान अधिकृत तथा पाँच जना सहयोगी कर्मचारी रहने छन्। उपनिर्वाचनमा परिचालन हुने जनशक्ति निर्वाचन अधिकृतको कार्यालयले नियुक्त गर्ने कानुनी व्यवस्था छ।

Loading...