धनगढीमा अपाङ्गता भएका व्यक्तिलाई खोजी–खोजी सहायता सामग्री वितरण

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकाले गत वर्ष जस्तै यो वर्ष पनि अपाङ्गता भएका व्यक्तिलाई खोजी–खोजी सहायता सामग्री वितरण गर्ने भएको छ।

अपाङ्गता भएका व्यक्तिको पहिचान गरी सहायता सामग्री वितरण गर्न अहिले नगरपालिकाको विभिन्न पाँच स्थानमा स्क्रिनिङ्ग शिविर सञ्चालन भइरहेको छ। आइतवार धनगढी–१० जुगेडा सहरी स्वास्थ्य केन्द्रमा नापजाँच शिविर सम्पन्न भएको छ।

Dhangadhi_Tihar 2083

वडा नम्बर ९, १० र १२ का अपाङ्गता भएका ७० जना व्यक्तिको कान, आँखा र शारीरिक अवस्थाको जाँच गरिएकोमा ४५ जनाले सहयोगी सामग्री आवश्यक रहेको पहिचान गरिएको नगर प्रमुख गोपाल हमालको सचिवालयले जनाएको छ। यसअघि फूलबारीमा ७५ जना तथा उर्मा सहरी स्वास्थ्य केन्द्रमा भएको नापजाँचमा ७० जना अपाङ्गता भएका व्यक्तिको नापजाँच गरिएको छ।

धनगढी उपमहानगरपालिकाको आयोजनामा सर्वाङ्गीण अपाङ्गता विकास समाज नेपाल धनगढी, कैलालीद्वारा धनगढी उप–महानगरपालिकाको विभिन्न पाँच स्थानमा अपाङ्गता नापजाँच शिविर हुनेछ।

धनगढी उपमहानगरपालिकाको आर्थिक सहयोगमा इम्प्याक्ट नेपाल, गेटा आँखा अस्पताल र सेती प्रादेशिक अस्पतालको प्राविधिक सहयोगमा अपाङ्गता भएका व्यक्तिको खोजी र नापजाँच भइरहेको छ। नापजाँचपछि सम्पूर्ण अपाङ्गता भएका व्यक्तिलाई सहायता सामग्री प्रदान गरिनेछ।

Loading...