धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीको बर्खास्तीको माग गर्दै सर्वोच्च अदालतमा परेको रिटको आज सुनुवाई हुँदै छ ।
प्रदेश सभा सदस्य लक्ष्मणकिशोर चौधरीका वारेस गोविन्द चौधरीले चार विपक्षी कायम गर्दै रिट दायर गरेका थिए । सुदूरपश्चिम प्रदेश प्रमुख र उनको कार्यालय तथा मुख्यमन्त्री सोडारी र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयविरुद्ध दायर गरिएको रिटको आज सुनुवाई हुने अदालतले जनाएको छ ।
प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएपछि सरकार गठनका लागि प्रदेश प्रमुखले बैशाख २ भित्र दावी पेश गर्न आह्वान गरेका थिए । २ वैशाखभित्र दाबी पेस गर्न सूचना प्रकाशित भएअनुसार नागरिक उन्मुक्तिका तर्फबाट लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीले दाबी पेस गरेका थिए ।
उक्त दावीमा निर्णय गर्न नसकिएको भन्दै प्रदेश प्रमुखले पुनः बैशाख ४ सम्म दावी पेश गर्न समय तोकेका थिए । दोस्रो पटक तोकिएको समयमा एकीकृत समाजवादीका तर्फबाट सोडारीको दाबी गरेपछि प्रदेश प्रमुखले नियुक्त गरेका थिए ।
चौधरीले पहिलो पटक आफूले दावी गरेअनुसार मुख्यमन्त्री आफैलाई नियुक्त गर्नुपर्ने माग गर्दै आएका छन ।