धनगढी : कैलालीको अत्तरियाबाट भन्सार छलिका सामान बरामद गरिएको छ।

गोदावरी नगरपालिका–३ बाट बेबारिसे अवस्थामा भन्सार छलिको सामान बरामद गरिएको हो।
इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान शाखाबाट खटिएको बिशेष टोली र अस्थाई प्रहरी पोष्ट चौकीडांडाबाट खटिएको प्रहरी टोलीले १ लाख ७२ हजार ८ सय मुल्य बराबरका अवैध समान बरामद गरेको हो।
बरामद गरिएका सामानमा कुर्ता, धोती, थानको कपडा, चप्पल, सेण्डिल, प्याज र मोटरसाइकल रहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। बरामद गरिएको सामान कारबाहीको लागि भन्सार कार्यालय पठाईएको छ।