भारतको पलियामा लागुऔषधसहित दुई नेपाली पक्राउ

धनगढी : भारतको पलियामा लागुऔषधसहित दुई नेपाली पक्राउ परेका छन्। तीन सय ९० ग्राम लागुऔषधसहित २ जना पक्राउ परेका हुन्।

पलिया प्रहरीका अनुसार अंकित माल्या र बिक्की नेपालीलाई पक्राउ गरिएको हो। प्रहरीले सोमवार राति उनीहरूलाई ३९० ग्राम लागुऔषध, नगद र आइफोनसहित पक्राउ गरेको छ।

प्रहरीले बिक्की नेपालीबाट एक सय ३० ग्राम लागुऔषध र अंकित मालियाबाट २६० ग्राम लागुऔषभ बरामद गरिएको छ। उनीहरूको साथबाट १६ हजार भारतीय र १९ हजार नेपाली रुपैयाँ समेत बरामद गरिएको छ।

उनीहरूलाई पलिया प्रहरीले आवश्यक कारबाही सुरु गरेको छ।

Deep Jyoti Pustak psl
Loading...