बझाङका एमाले उम्मेदवार भण्डारीलाई पितृशोक

बझाङ : बझाङ प्रदेश सभा क्षेत्र नं. १ को उपनिर्वाचनमा नेकपा (एमाले) का उम्मेदवार दमनबहादुर भण्डारीलाई पितृशोक परेको छ ।

एमाले उम्मेदवार भण्डारीका बुवा चक्रबहादुर भण्डारीको ८८ वर्षको उमेरमा मंगलबार बिहान निधन भएको हो ।

उपनिर्वाचनको चुनावी प्रचारका क्रममा रहेका बेला उम्मेदवार भण्डारीका बुवाको निधन भएपछि एक दिनलाई प्रचार स्थगित गरिएको एमालेका बझाङ जिल्ला इन्चार्ज राजेन्द्र रावलले बताए । भण्डारी दुई हप्तादेखि बिरामी थिए ।

Loading...