बाजुराका २ घरमा आगलागी

धनगढी : बाजुरामा गाइ गोठसहित २ घरमा आगलागी भएको छ।

जिल्लाको स्वामीकात्तिक खापर गाउँपालिका– ३ अम्बर कट्टेल, पवन कट्टेल र गौरी कट्टेलको घर तथा गाइ गोठमा आगो लागेको हो। प्रहरीका अनुसार अम्बर कट्टेलको तीन तलाको नौ वटा कोठाको कच्ची घरमा आगो लागेको हो।

पवनको ढुङ्गा र माटोले बनेको खरले छाएको गोठ र गौरीको घरमा आगो लागेको छ। आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन, काठ लगाएतका सामानहरू जलेर नष्ट भएका छन्।

अन्य क्षतिको विवरण आएको छैन। स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए। प्रहरीले थप अनुसन्धान जारी रहेको बताएको छ।

Loading...