अत्तरिया : कैलालीको अत्तरियामा सञ्चालित ७ दिने ज्योतिष प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
प्रतिभा पुस्तकालयको प्रायोजनमा नेपाल ज्योतिष परिषद् कैलालीले आयोजना गरेको उक्त कार्यक्रम आज (शुक्रबार) सम्पन्न भएको हो । प्रतिभा पुस्तकालयका अध्यक्ष पुष्पराज जोशीको सभापतित्वमा भएको समापन कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा हेमराज पन्त रहेका थिए ।

विशिष्ठ अतिथिमा भने स्वास्थ्य सेवा विभागका पुर्व महानिर्देशक डा. लक्ष्मिराज पाठक, नेपाल ज्योतिष परिषद्का सुदूरपश्चिम प्रदेश अध्यक्ष पं.ज्यो. माधव राज जोशी रहेका थिए ।
कार्यक्रमका सहभागीहरुलाइ परिषद्का कैलाली जिल्ला अध्यक्ष पं.ज्यो. खगेन्द्रराज अवस्थी ले प्रशिक्षण दिएका थिए । तालिममा ४० जनाको सहभागिता रहेको थियो । तालिमपश्चात आयोजकले प्रमाणपत्र पनि वितरण गरेको थियो ।
सहभागिहरुले ज्योतिष शास्त्रको तालिमले दैनिक जिवनमा गर्नुपर्ने केही कर्मकाण्डहरुको बारेमा जानकारी भएको बताएका थिए । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन प्रतिभा पुस्तकालयका सहसचिव भुपेश भट्टले गरेका थिए ।