कैलालीमा गोदावरीबाट एक जनासहित लागूऔषधसहित तीन जना पक्राउ

धनगढी : कैलालीबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन्।

Dhangadhi_Tihar 2083

टीकापुर नगरपालिका–१ वन गाउँ उत्तरपुरुवा स्थित भित्रि सडक खण्डबाट सोही ठाउँ बस्ने २३ वर्षीय सोनक घर्ति मगर र ३० वर्षीय कमल घर्ति मगरलाई ७५० मिलिग्राम लागूऔषधसहित पक्राउ परेका छन्।

यसैगरी गोदावरी नगरपालिका–१ अत्तरिया बजारबाट सल्यान मार्के नगरपालिका–९ बस्ने २२ वर्षीय तिलक रेउलेलाई १ ग्राम १२० मिलिग्राम लागूऔषधसहित पक्राउ गरिएको छ।

तीनै जनालाई बिहीवार नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Loading...