एजेन्सी : भारतमा जारी लोकसभा निर्वाचन अन्तर्गत शनिबार सातौँ तथा अन्तिम चरणको मतदान हुँदैछ ।
अन्तिम चरणको मतदानलाई सत्तारुढ दल र प्रतिपक्षनेताहरूको शक्ति परीक्षणका रूपमा समेत हेरिएको छ । ४२ विधान सभा क्षेत्रमा ५७ सिटका लागि मतदान हुन लागेको हो अघिल्लो चुनावमा प्रधानमन्त्री मोदीको भारतीय जनता पार्टी (बीजेपी) ले ३०३ सिट ल्याएको थियो ।
यो पटक पनि मोदी लगातार तेस्रो कार्यकाल निर्वाचित हुने लक्ष्यमा छन् । प्रधानमन्त्री मोदी वाराणसीबाट चुनाव लडिरहेका बेला गोरखपुरमा यूपीका मुख्यमन्त्री योगी आदित्यनाथको शक्तिको परीक्षण पनि यही मतदानबाट हुनेछ । मोदीको विरुद्धमा कांग्रेस प्रदेश अध्यक्ष अजय राई प्रतिस्पर्धामा छन् ।
