नेकपा एमाले गोदावरी-४ को वडा कमिटी अध्यक्षमा सुवेदी चयन

अत्तरिया : नेकपा एमाले गोदावरी नगरपालिका वडा नमबर ४ को वडा कमिटी अध्यक्षमा पुष्पराज सुवेदी चयन भएका छन । बिहिबार भएको वडा अधिवेशनले सुवेदीको अध्यक्षतामा १५ सदस्यीय कमिटि सर्वसम्मत चयन गरेको हो ।

समितिको उपाध्यक्षमा राम सिँह महरा, सचिवमा डम्बर बोहरा, सहसचिवमा दिल बहादुर बोहरा र महिला सह सचिवमा ज्ञानु साउँद रहेका छन। अधिवेशनले ति बाहेक अन्य पदाधिकारीहरुलाई पनि सर्वसम्मत चयन गरेको बताईएको छ ।

गठित समितिका अध्यक्ष सुवेदीले वडामा एमालेको संगठनलाई बलियो बनाउन आफ्नो ध्यान केन्द्रित रहने बताएका छन ।

Nabadurga Sunchadi
Loading...