एमाले कैलालीको १३ पालिकामा अधिवेशन सम्पन्न, सबै पालिकामा नयाँ नेतृत्व

धनगढी : नेकपा (एमाले) ले कैलालीका सबै पालिकामा अधिवेशन सम्पन्न गरेको छ । जेठ १० गते सुरु भएको अधिवेशन कैलालीका १३ पालिका कमिटी र २ वटा विशेष इलाका कमिटीमा अधिवेशन सम्पन्न गरेको हो ।

एमालेको दुई पालिकामा महिलाले नेतृत्व सम्हालेका छन् । धनगढी उपमहानगरपालिकामा अम्बिका विष्ट मल्ल र भजनी नगर कमिटी अध्यक्षमा उर्मिला चौधरी निर्वाचित भएका छन ।

एमाले कैलालीका अध्यक्ष यज्ञराज ढुङ्गानाका अनुसार अधिवेशनले गोदावरी नगर अध्यक्षमा सन्तोष सिंह, चुरे गाउँ कमिटी अध्यक्षमा दानबहादुर महरा र गौरीगङ्गा नगर अध्यक्षमा पदमबहादुर ऐर निर्वाचित भएका छन । त्यस्तै, घोडाघोडी नगर अध्यक्षमा हेमराज सापकोटा, बर्दगोरिया गाउँ कमिटी अध्यक्षमा मधुकर सिजापती मगर, मोहन्याल गाउँ कमिटी अध्यक्षमा बमबहादुर रावल र टीकापुर नगर अध्यक्षमा लक्ष्मण थापा निर्वाचित भएका छन ।

सोहीअनुसार जोशीपुर गाउँ कमिटी अध्यक्षमा केशरबहादुर चौधरी, लम्कीचुहा नगर अध्यक्षमा शेरबहादुर विष्ट, जानकी गाउँ कमिटी अध्यक्षमा प्रदीपकुमार शाह र कैलारी गाउँ कमिटी अध्यक्षमा गणेश चौधरी निर्वाचित भएका छन । त्यस्तै, मजदुर विशेष इलाका कमिटी अध्यक्षमा ललित चन्द र बुद्धिजीवी विशेष इलाका कमिटी अध्यक्षमा केशवदत्त जोशी निर्वाचित हुनु भएको एमाले कैलाली अध्यक्ष ढुङ्गानाले जानकारी दिए ।

कुनैमा निर्वाचन प्रणालीमार्फत त कुनै नगरमा सहमतिबाट नेतृत्व चयन गरिएको उनको भनाइ छ । अध्यक्ष ढुङ्गानाले सबै पालिका र विशेष इलाका कमिटीको निर्वाचनले एमालेको शक्ति अझ सङ्गठित र बलियो भएको देखाएको अध्यक्ष ढुङ्गानाले बताए ।

सदस्यता नवीकरणको काम पनि कैलालीमा करिब ७५ प्रतिशत सकिएको छ । अझै नवीकरण भइरहेको उनले बताए । कैलालीमा ज्येष्ठ कम्युनिष्ट पार्टी सदस्यहरूलाई सम्मानपछि निष्क्रिय रहेका धरैले पार्टीमा सक्रियता बढाएको उहाँको दाबी छ ।

मदन भण्डारी र जीवराज आश्रितका समकालीन भवानी गिरी, कुमार निरौलालगायत थुप्रै पुराना नेता कार्यकर्ता पनि अहिले फेरि सक्रिय भएको उनले बताए ।

Nabadurga Sunchadi
Loading...