बैतडीमा चितुवाको आक्रमणबाट एक महिला घाइते

बैतडी : बैतडीमा एक महिला चितुवाको आक्रमणबाट घाइते भएकी छन् ।

जिल्लाको मेलौली नगरपालिका-८ कोटीगाउँ डफन्नाकी ३२ बर्षीया भानु बिष्टलाई शुक्रवार दिउँसो साढेतीन बजेतिर घर नजिकै चितुवाले आक्रमण गरेको हो ।

चितुवाको आक्रमणबाट विष्ट घाइते भएकी हुन् । घाइते महिलाको केशरपुर प्राथमिक स्वास्थ्य मेलौलीमा उपचार गरिएको छ ।

घाइते महिलालाई रेबिजविरुद्धको खोप लगाएको र अवस्था खतरामुक्त रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रका जनस्वास्थ्य निरीक्षक मुकेशकान्त दयालले बताए ।

शुक्रवार दिउँसो गाउँकै विशालपुर सहकारीमा बचत गर्न जाँदा बाटोमा ढुकेर बसेको चितुवाले उनीमाथि आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Nabadurga Sunchadi
Loading...