गोदावरी-१० मा मेयर कप क्रिकेट प्रतियोगिता सुरु

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका-१० मा मेयर कप क्रिकेट प्रतियोगिता सुरु भएको छ । शनिबारबाट स्थानिय न्यू सितापुर युवाक्लबको आयोजनामा प्रतियोगिताको तेस्रो संस्करण सुरु भएको हो ।

शनिबार एक कार्यक्रमका बिच प्रतियोगिताको शुभारम्भ गरिएको छ । क्लबका अध्यक्ष श्याम स्वाँरको सभापतित्वमा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष रविन्द्र शाही (गुड्डु) रहेका थिए ।

नगरको ढाई लाख सहयोग मा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिता ५ गतेसम्म सञ्चालन हुने बताईएको छ । दिवंगत भएका स्थानिय युवाद्धय लक्ष्मण भुल र सुमित जैगडीको सम्झनामा क्लबले प्रतियोगिताको आयोजना गरेको हो ।

Nabadurga Sunchadi
Loading...