कैलालीको कान्द्रा नदीमा डुबेर एक किशोरको मृत्यु By रेडियाे अत्तरिया On २०८१ असार २, आईतवार ०८:०२ प्रतीकात्मक तस्बिर धनगढी : कैलालीमा पानीमा डुबेर एक किशोरको मृत्यु भएको छ । जिल्लाको भजनी नगरपालिका-९ भुरुवाका १५ वर्षीय दिपेश राजीको मृत्यु भएको हो । उनको कान्द्रा नदीमा पौडी खेल्नेक्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।