धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकाले ब्रुमर खरिद गरेको छ । धनगढी क्षेत्रका सडकको फोहोर सरसफाइ गर्न ब्रुमर खरिद गरिएको हो ।
शनिवारदेखि धनगढी उपमहानगरपालिकाले ब्रुमको प्रयोगबाट सडक सरसफाइ गर्न थालेको छ । उपमहानगरपालिकाले ९५ लाखको लागतमा ब्रुमर खरिद गरेको बताएको छ ।
धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले धनगढीको सडक सफा गर्न ब्रुमर खरिद गर्ने बताएका थिए । चालु आर्थिक वर्षको बजेटबाट उपमहानगरपालिकाले ब्रुमर खरिद गरेर सञ्चालनमा ल्याएको हो ।
