धनगढी : करेन्ट लागेर कैलालीमा एक जनाको मृत्यु भएको छ ।
आइतबार चुरे गाउँपालिका-१ का रोजबहादुर बमको करेन्ट लागेर मृत्यु भएको हो । उनी वडाकै जिगडा टोलमा बिजुलीको पोलमा बिद्युत बिग्रिएपछि बनाउने क्रममा करेन्ट लागेर बम गम्भिर घाइते भएका थिए ।
उनको उपचारको क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
