धनगढी : कैलालीको कुलरिया कुलोमा डुबेर एक किशोरको मृत्यु भएको छ ।
जिल्लाको जानकी गाउँपालिका-५ अमौरामा कुलरिया खर्गाैली बड्का बिच्की कुलोको इन्टेकमा लम्कीचुहा–५ थापापुरका १८ वर्षीय कैशाल विष्टको डुबेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता कबिन्द्र सिंह बोहराका अनुसार सात जनाको समूहमा गएका उनीहरुमा कैलाश डुबेका थिए ।
स्थानीय र प्रहरीले उनको उद्धार गरेका थिए । तर, टीकापुर अस्पतालका चिकित्सकले मङ्गलवार साँझ उनलाई मृत घोषणा गरेका हुन् ।