धनगढी : कैलालीको बेहडाबाबा मेलामा बेहोस भएका एक जनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका-१६ रामपुरमा लागेको गंगादशरा मेलामा बेहोस भएका ५३ वर्षीय बालराम मग्राठीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता कबिन्द्र सिंह बोहराका अनुसार उनी नुवाकोटका माधव अधिकारीले सञ्चालन गरेको होटलमा काम गर्दै आएका थिए ।
मेलामा बेहोस भएका उनलाई एम्बुलेन्समा सेती प्रादेशिक अस्पताल, धनगढी ल्याइएको थियो । सेती प्रादेशिक अस्पतालमा उनको मङ्गलवार दिउँसो मृत्यु भएको हो । उनको शव सेती प्रादेशिक अस्पतालको शव गृहमा रहेको छ ।
