तरुण दल नगर अध्यक्ष रमेश भट्टराईले गरे भवन निर्माणमा सहयोग

अत्तरिया : नेपाल तरुण दल गोदावरी कैलालीका नगर अध्यक्ष रमेश भट्टराईले केन्द्रिय कार्यालयको भवन निर्माणका लागि सहयोग गरेका छन्।

नेपाल तरुण दल केन्द्रिय कार्यालयको भवन निर्माण कार्यका लागि नगर अध्यक्ष भट्टराईले सहयोग गरेका हुन् । आज भवन निर्माण स्थल काठमाडौमा पुगेर तरुण दलका केन्द्रिय अध्यक्ष विद्वान गुरुङ लाई सहयोग रकम हस्तान्तरण गरेका छन् ।

सहयोग रकम बुझ्दै तरुण दलका अध्यक्ष गुरुङले धन्यवाद दिदै हाल केन्द्रिय सदस्यहरुले सहयोग रकम घोषणा गरेको भए पनि पालीका अध्यक्षहरुको तर्फबाट पहिलो पालीका अध्यक्ष भट्टराई भएको बताएका थिए ।

तरुण दलको केन्द्रिय पुरानो भवन भत्काएर नयाँ आधुनिक भवन बनाउने कार्य जारी रहेको छ ।

Nabadurga Sunchadi
Loading...