रास्वपा गोदावरीद्धारा बिरामीलाई फलफूल वितरण

अत्तरिया : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोदावरी नगर समितिले आफ्नो स्थापना दिवसको पुर्वसन्ध्यामा फलफूल वितरण गरेको छ । स्थापना दिवसको साताव्यापी कार्यक्रम अन्तरगत रास्वपाले बिहीबार अत्तरिया अस्पताल र पदमा अस्पतालमा रहेका बिरामीलाई फलफूल वितरण गरेको हो ।

रास्वपा नगर समितिका सभापति दीपक ओझाले पार्टी स्थापनाको अवसरमा अत्तरिया क्षेत्रमा रहेका बिरामीहरूका लागि फलफूल वितरण गरिएको बताए । उनले भने ‘बिरामीहरूलाई हामी तपाइहरूकै साथमा छौ भन्ने आभास गराउनको लागि हामीले फलफूल वितरण गरेका हौ ।’

Dhangadhi_Tihar 2083

रास्वपा सुदूरपश्चिम प्रदेश सभापति प्रकाश विष्टले दोस्रो वार्षिक उत्सवको अवसरमा साताब्यापी रूपमा विभिन्न कार्यक्रम राखिएको बताए । उनले साताव्यापी कार्यक्रम अन्तरगत बिरामीहरूलाई फलफूल वितरण सँगै वृक्षारोपण कार्यक्रम, ठाउँ ठाउँमा पानी वितरण लगायतका कार्यक्रम गरिरहेको बताए ।

पार्टी स्थापना दिवसको अवसरमा असार ७ गते जिल्ला सदरमुकामहरूमा कार्यक्रम आयोजना गरिने उनले बताए । रास्वपाले असार ७ गते स्थापना दिवसको अवसरमा असार १ गते देखि साताव्यापी कार्यक्रम घोषणा गरेको थियो ।

Loading...